कान्तिपुर दैनिक, २००८ फ्रेब्रुअरी
जापानमा बस्ने नेपालीहरूका सम्बन्धमा केही समय पहिला एक साप्ताहिकमा प्रकाशित लेखले धेरैलाई रुष्ट बनायो । लेखको आशय थियो जापानमा नेपालीहरू काम गरेका छन्, बाँचेका छन्, उनीहरूबाट देशले कुनै किसिमको अपेक्षा नगरे हुन्छ ।एक स्थापित लेखकका यी शब्दले विदेशिएका नेपालीप्रति समाजका अगुवाहरूको पूर्वाग्रही दृष्टिकोण प्रतिबिम्बित गरेको छ ।जनशक्ति विषयमा बहस हुनु स्वाभाविक हुन्छ तर प्रवासी नेपालीका राम्रा पक्षमा आँखा चिम्लेर अपवादमा रहेका नराम्रा कुरालाई सामान्यीकरण गरिनु दुःखको कुरा हो ।
विदेशिनु भासिनुमात्र होइन, त्यहाँ आर्जन गरेको ज्ञान, दक्षता, प्रविधि र पुँजीलाई स्वदेशमा लगानी गर्न सकिन्छ भन्ने अवधारणा अहिलेको विश्वव्यापीकरणको युगमा मात्र सान्दर्भिक नभएर शताब्दी पहिलदेखि नै व्यवहारमा आएको देखिन्छ । यसको उदाहरणका लागि बाहिरी मुलुक जानु पर्दैन ।चन्द्र शमशेरले सन् १९०३ मा जापानको आर्थिक विकासबाट प्रभावित भएर नेपाली आठ युवालाई विभिन्न विधामा अध्ययन गर्न त्यहाँ पठाएका थिए । हरेन्द्रबहादुरको बारुआको शताब्दीपूर्व जापानमा अध्ययन गर्ने अग्रज नेपाली विद्यार्थी नामक पुस्तकमा जनाए अनुसार नेपालमा पाइने हलुवावेद, ठूलो कटुस र नीलहरूजस्ता फल फूलहरू यिनै विद्यार्थीले जापनबाट सिकेको सीपका परिणाम हुन् ।
सकारी स्तरबाट व्यवस्थित ढंगले जापान विद्यार्थी पठाउने क्रम अहिले रोकिए पनि निजी स्तरबाट त्यहाँ पुगेका विद्यार्थी र अनुसन्धानकर्ताको संख्या उल्लेखनीय छ । उच्च शिक्षा हासिल गर्नेहरू प्रायः प्राविधिक क्षेत्रसँग सम्बन्धित छन् । अनौपचारिक तथ्यांक अनुसार यीमध्ये अधिकांश अध्ययन सकाएर नेपाल फर्किने गर्छन् । जापानमा सिकेको सीपलाई संगठित रूपमा राष्ट्र निर्माणमा सदुपयोग गर्न गोलबद्ध भएका छन् , पूर्वी विद्यार्थीहरू । जापानभित्र पनि त्यहाँ कार्यरत नेपली विद्यार्थी समाज, नेपाल इन्जिनियर एसोसिएसन, कम्प्युटर एसोसिएसनजस्ता प्राविधिक र प्राज्ञिक संस्थाले नियमित रूपमा सेमिनार गोष्ठी आयोजना गरेर जापानमा सिकेको सीपलाई मुलुक निर्माणमा कसरी हस्तान्तरण गर्न सकिन्छ भन्ने चिन्तन मनन गर्ने गर्छन् । नयाँ पुस्ताका नेपलीहरूमा पलाएको यो सोचलाई सकारात्मक रूपमा लिनुपर्छ । भलै राष्ट्रवादको चश्माले विदेशमा बस्ने नेपालीलाई कर्के आँखाले हेर्नेहरूका लागि यसले केही अर्थ नराख्न सक्छ ।
नेपाली सञ्चार माध्यमको विकास गर्न पनि पछि छैनन् जापानका नेपालीहरू । इन्टरनेटमा आधारित नेपाली आवाजु नामक रेडियो तथा ने पाल जापन डट कम, समुन्द्र डट कम जस्ता पत्रिकाले जापानभित्रका नेपालीलाई मात्र होइन विश्वका अन्य भागमा बस्ने नेपालीलाई समेत आपसमा जोडेका छन् । अहिले नेपालबाट प्रसारण हुने रेडियो, टेलिभिजन र एफएम संसारको जुनसुकै कुनाबाट पनि इन्टरनेटको माध्यमबाट हेर्न र सुन्न सकिन्छ । यसलाई पहिलो सम्भव बनाउने नेपालको अन्तर्राष्ट्रिय टेलिभिजनका अगुवा पनि जापानवासी नेपाली नै हुन् । यसरी नेपाली सञ्चारको अन्तर्राष्ट्रियरूपमा बजार विस्तार हुँदा मुलकलाई थोर बहुत टेवा पुगेको यथार्थलाई स्वीकार्नुपर्छ ।
छापा पत्रिका सुरु भएको पनि दशक पुग्न थालेको छ । ग्लोबल नेपाली मिडिया सोसाइटी जापानको नेपाल समाचारु नामक साप्ताहिक पत्रिकाबाट सुरु भएको छापा पत्रिकाको इतिहासले, एनआरएन जापनको मातृभूमि नेपालु, नेपाली विद्यार्थी समाजको नेसाज पत्रु होक्काइदो विश्वविद्यालय नेपाली विद्यार्थी संगठनको होकुदाई बिसौनी, गणतान्त्रिक मोर्चाको स्वर्णिम जस्ता थुप्रै अर्धवाषिर्क-वाषिर्क पत्रिका प्रकाशनबाट निरन्तरता पाएको छ । साहित्यिक फाँटमा अन्तर्राष्ट्रिय साहित्य समाज जापानद्वारा प्रकाशित उपमा महाकाव्य र छहारी कथा संग्रह (तयारीमा रहेको) पर्दछन् ।
कला र संस्कृतिको कुरा गर्ने हो भने इच्छा हुनेलाई दशैमा खाली निधार राख्नु पर्दैन । नेपाली चेलीले तीजमा माइती सम्झिनु पर्दैन ।थकाली दाजुभाइहरूले फागु पूणिर्मामा तोरल्न मनाउन म्याग्दी र मुस्ताङका मेला सम्झिनु पर्दैन । र नेवार दाजुभाइले मह पूजा गर्न कान्तिपुर नगरीलाई संझिनु पर्दैन । गुरुङ दाजुभाइको लोसार टोकियोमै जम्छ । आ-आफ्नो संस्कृतिलाई जीवन्त राख्न सकृय छन् जनवर्गीय संगठनहरू । महिनौ जसो नेपालबाट ख्यात्रि्राप्त कलाकार निमन्त्रणा गरेर साँस्कृतिक कार्यक्रम गर्ने चलन नै भइसकेको छ । तर्राईको थारु नाचदेखि हिमालको भोटे सेलोसम्म वाषिर्क रूपमा प्रदर्शन गर्दै आएको छ ,माया नेपाली संगीत संस्थाले । यी सबै मौकामा नेपालीहरू आफ्ना जापानी समकक्षीलाई निमन्त्रणा गर्छन्, नाच्छन्, नचाउँछन् र नेपाली संस्कृत्रि्रति आकर्षा गर्छन् । जापानीहरूलाई नेपालको परिचय दिने उद्देश्यले नेपाली संघसंस्थाहरू मिलेर बर्षेनी नेपाल पर्व मनाउने थालनी गरेका छन् । यी सबैले नेपालको पर्यटन विकासमा केही न केही सहयोग पुर्याएको ठान्ने कि नठान्ने?
जापानमा बस्ने नेपालीले प्रत्यक्षरूपमा देशलाई सहयोग गरेको प्रमाण हो रेमिटेन्स । एक तथ्यांक अनुसार नेपाल भित्रिने रेमिटेन्समध्ये १० प्रतिशत जापानबाट मात्रै भित्रिन्छ ।जापानमा नेपालीहरू काम गरेका छन् । बाँचेका छन्, जुन जुनीमा उनीहरूको लगानी असुल हुने सम्भावना न्यून छु भन्नेहरूलाई यो तथ्यांङकले आफै जवाफ दिन्छ । व्यापार व्यवसायमा लाग्ने नेपालीहरूको संख्या बढ्दो छ । दुई सयभन्दा बढी रेष्टुरेन्ट, पचासभन्दा बढी ह्यान्डीक्राफ्ट, दर्जनभन्दा बढी मोटर व्यवसायमा लागेको अनुमान छ । यीमध्ये केहीले नेपालको जलविद्युत लगायतका विभिन्न क्षेत्रमा करोडाै रुपैयाँको लगानी भित्राएका छन् । हाँडीखोला जलविद्युतका प्रमुख लगानीकर्ताहरू जापानवासी नेपाली हुन् । यी सबै तथ्यलाई नजर अन्दाज गरेर जापानका नेपालीहरूबाट देशले कुनै किसिमको अपेक्षा नगरे हुन्छु भनेर कलम चलाउनु पूर्वाग्रहबाहेक के हुन सक्ला?
जापानमा बस्ने नेपालीहरू राजनीतिमा पनि त्यत्ति नै चासो राख्छन् । लोकतान्त्रिक मञ्च जापानको नेतृत्वमा जनआन्दोलन २ को र्समर्थनमा टोकियोमा पहिलो पटक सडक प्रदर्शन गरेर तथा त्यहाँको संसद र परराष्ट्र मन्त्रालय मार्फत नेपालमा लोकतन्त्र स्थापना गर्न दबाब दिन आग्रह गरे । तत्पश्चात राजनैतिक दलका नेताहरूलाई जापानमा निमन्त्रणा गरेर आन्दोलनका उपलब्धिलाई निणर्ायक तहसम्म पुर्याउनका लागि खबरदारी गरिरहे । लोकतन्त्रको पक्षमा आवाज उठाउन विभिन्न राजनीतिक विचार राख्नेहरू एउटै मञ्चमा गोलबन्द भएका उदाहरण अरू देशमा सायदै होलान् । अहिलेको बदलिँदो स्थितिमा पनि राजतन्त्रको पक्षमा खुला वकालत गर्नेहरू पनि उपेक्षित नभएको स्थान पनि जापान नै होला ।
यी बाहेक व्यक्तिगत रूपमा सफल भएर उच्चतहमा पुगेका नेपालीहरूको फेहरिस्त पनि लामो छ । प्राध्यापक, डाक्टर, वैज्ञानिक, इन्जिनियर, टेलिभिजन, सञ्चारकर्मी प्रायः सबै पेसामा नेपालीहरू पुगेका छन् । यीमध्ये धेरैले आफूले सिकेको कुरा र प्राप्त जानकारीलाई सामाजिक रूपमा रूपान्तरण पनि गरेका छन् । व्यक्तिगत रूपमा र सामूहिकरूपमा आफ्नो गाउँठाउँको विकासमा आर्थिक सहयोग गरेका सयौं उदाहरण छन्।
स्वदेशवासीलाई चोट लाग्दा जापानका नेपालीलाई दुखेका प्रमाण पनि निकै छन् । सहिद परिवार, बाढीपीडित, नेत्रहीनलाई आर्थिक सहयोग, आपाङ्गलाई हि्वल चेयरको सहयोग आदि । जापानमा बस्नेहरू तल्लोस्तरको मात्र काम गर्छन् भन्ने धारणा पुरानो भइसकेको छ । जापान सरकारले गैरकानुनी रूपमा बसेका आप्रवासीलाई कडाइ गर्ने नीतिले यस्ता नेपालीहरूको संख्या निकै कम भइसकेको छ । कानुनी रूपमा नेपाली कामदार भित्राउन जापानका नेपाली व्यवसायीबाट पहल हुँदैछ ।
अन्त्यमा जनशक्ति बहिर्गमनबारे गहन रूपमा छलफल र विश्लेषण गरी राष्ट्रले निश्चित अवधारणा बनाउनुपर्छ । अहिलेको परिस्थितिमा बाहिर रहेका २० लाख -दक्षिण एसिया बाहेक जनशक्तिलाई राष्ट्रले धान्न सक्ला – कमसेकम यो यथार्थ बुझेका बुद्धिजीवीहरूले राष्ट्रवादको नाममा प्रवासी नेपालीलाई उपेक्षित रूपले हुर्नुर्नुहुँदैन । दोहामा गाईको मासु प्याक गर्ने बाहुन, मलेसियामा खरको पञ्जा बनाउने कारखानामा काम गर्ने ठकुरी वा कोरियामा कुखुराको सुली सोहोर्ने नेवार मुग्लान पसेका नेपाली श्रमिकको वैश्यीकरण अर्थव्यवस्थाका भाडाका सिपाही हुन् भन्नेजस्तो बुद्धिजीवीहरूको खरो टिप्पणीलाई प्रवासी नेपालीले कुन रूपमा ग्रहण गर्ने?