तेश्रो एनआरएन विश्व सम्मेलनले दिएका सन्देशहरु

युरोपको नेपाली पत्र, २००७ डिसेम्बर

गैरआवासीय नेपालीहरु (एनआरएन)को तेश्रो विश्व सम्मेलन गत महिना काठमाडौमा सम्पन्न भएको छ । चालिस मुलुकका करिब ४०० नेपालीको सहभागिता रहेको यस सम्मेलनले विगतका दुइ विश्व सम्मेलन भन्दा केही फरक सन्देशहरु दिएको छ । राजनैतिक पार्टर्ीीका नेताहरु, वुद्विजिवीहरु, सञ्चार माध्यम र र्सवसाधारण्ँ समेतले सम्मेलनप्रति गहिरो चासो देखाएर एनआरएन अभियानलाई थप महत्व प्रदान गरेका छन् । यसलाई मुलुकका सवै पक्षले गैरआवासीय नेपालीहरुलाई राष्ट्रको एक अभिन्न अङ्गको रुपमा स्वीकार्न थालेको उदाहरण्ँको रुपमा लिन सकिन्छ । सम्मेलनमा औपचारिक तथा अनौपचारिक अन्तरक्रियाको आयोजना गरेर एनआरएनले आफूले उठाउ”दै आएका मूल मुद्दाहरु जस्तै मुलुकको आर्थिक र सामाजिक बिकासमा प्रवासी नेपालीको भूमिका, दोहोरो नागरिकता, वैदेशिक रोजगारका समस्या र संभावनाका आदि बारे सरकार र सम्बन्धित निकायलाई धेरै हद सम्म स्पष्ट पार्न सफल भएको छ । यद्यपि, ठूलो आर्थिक लगानीको घोषण्ँा हुने अपेक्षा गरेकाहरुलाई सम्मेलनले उत्साहित गर्न सकेन । खासगरी, दोश्रो सम्मेलनमा घोषति एक सय मिलियन अमेरिकी डलरको संगठित लगानीको परियोजना (नेपाल इन्भेष्टमेन्ट फण्ड) ले ठोस रुप लिने आशा गर्नेहरु निराश भएका छन् ।

एनआरएनको फराकिलो भूमिका

एनआरएनको स्थापनाकालको अवधारण्ँा नेपालीहरुले विदेशमा कमाएको पू”जी भित्राएर देशको आर्थिक बिकासमा टेवा पुर्‍याउने रहेको थियो । पछिल्ला दिनहरुका तथ्याङ्कले के प्रष्ट पारेको छ भने वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिटेन्स मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनेको छ । एनआरएनको भूमिका पू”जी लगानी र रेमिटेन्समा मात्र सिमित नरहेर राष्ट्र निर्माण्ँका लागि आवश्यक पर्ने अन्य विविध पक्षहरुमा समेत रहेको कुरा यस सम्मेलनले थप पुष्टि गरेको छ ।

सम्मेलनमा आयोजकले नेपालको विकट जिल्लामा ताररहित इन्टरनेट सञ्जाल विस्तार गरेबापत एशियाको नोबेल पुरस्कार मानिने म्यागासेसे पुरस्कार बिजेता महावीर पुनलाई उद्घाटन समारोहमा मुख्य वक्ताको रुपमा निमन्त्रण्ँा गरेर मुलुक बाहिर सिकेको सिप र ्रविधिलाई कसरी राष्ट्र निर्माण्ँमा सदुपयोग गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण्ँ प्रस्तुत गरे । पुनको उपस्थितिले प्रवासमा बसेका नेपालीलाई पनि आङ्खनो राष्ट्रप्रतिको दायित्वको स्मरण्ँ गराएको थियो । माओबादी लगायतका राजनैतिक दलका नेताहरु देखि बुद्विजिवी सम्मले पू”जीको अलावा बाहिर सिकेको प्रविधि, सिप र ज्ञान सदुपयोग गरेर नया” नेपाल निर्माण्ँ गर्नमा गैरआवासीय नेपालीहरुको भूमिकामा बिशेष जोड दिए । मुलुक निर्माण्ँमा एनआरएनप्रति राज्यले गरेको अपेक्षाको यो अर्को उदाहरण्ँ हो । बिदेशमा नेपाली भाषा र संस्कृतिको पर््रवर्धन गरेर देशको पर्यटन बिकासमा टेवा पुर्‍याउन एनआरएनको महत्वपर्ुर्ण्ँ भूमिका भएको कुरा प्रधानमन्त्रीको ‘एनआरएन जनताका राजदुत’ हुन भन्ने स्वीकारोक्तिबाट प्रष्टिएको छ । ‘एउटा साथी घर पठाउ भन्ने नेपाल पर्यटन बोर्डको अभियानलाई र्सार्थक रुपमा सफल बनाउन एनआरएनको महत्वपर्ूर्ण्ँ भूमिकाको अपेक्षा गरिएको छ । नेपाल सम्वन्धि नकारात्मक प्रचार प्रसार र गलत सूचनाको पहिचान र तिनीहरुको निराकरण्ँ गरी राष्ट्रको छवि राम्रो बनाउन समेत एनआरएनले सहयोग गर्न सक्ने कुरा अन्तरकृयामा सहभागी उच्चपदस्त प्रशासकहरुले र्सहर्ष स्वीकारेका थिए । मुलुकमा लोकतन्त्र र वाक स्वतन्त्रता विरुद्ध उठाइने कदममा खबरदारी गर्न तथा लोकतान्त्रिक मूल्य र मान्यताका पक्षमा हुने आन्दोलनमा नैतिकबल प्रदान गर्न प्रवासमा बस्ने नेपालीहरुको महत्वपर्ूर्ण्ँ भूमिका रहने कुरा सबै पक्षले स्वीकारेको पाइयो ।

वैदेशिक रोजगारका समस्या र अनियमितताको पहिचान तथा रोजगारको संभावनाको खोजीमा एनआरएन सहयोगी हुन सक्छन् भन्ने कुरा एनआरएनको तर्फाट सम्मेलनमा प्रस्तुत कार्यपत्र र सहभागीहरुको छलफलबाट प्रदर्शित भएको थियो ।

सम्मेलनमा महिला, युवा, दलित तथा पिछडिएका वर्गको समस्याहरुबारे अन्तरकृया सञ्चालन गरेर एनआरएनले मुलुकको आर्थिक र राजनैतिक सवाल बाहेक सामजिक विकासमा पनि आङ्खनो भूमिकाको खोजी गर्ने जमर्को गरेको छ ।

गैरसरकारी संघसंस्थाहरुबीच सहकार्यको वातावरण

सामाजिक बिकासका लागि नेपालमा कार्यरत गैरसरकारी संघसंस्थाहरु र एनआरएनबीच सहकार्यको वातावरण्ँ बनाउन पनि सम्मेलनले पहल गरेको छ । एनआरएनद्वारा अनुबन्धित नेपाल लाइब्रेरी फाउन्डेसन, नेपालको ग्रामीण्ँ क्षेत्रमा शिक्षाको बिकासमा कार्यरत ‘रुरल एजुकेसन एण्ड डेभलपमेण्ट’ नामक गैरसरकारी संस्था र सोर्साईटी फर काठमाण्डु भ्याली लाईब्रेरीबीच सम्मेलनमा भएको अन्तरकृया कार्यक्रम आपसी सहकार्य स्थापना गर्न महत्वपर्ूर्ण्ँ रह्यो । यसले अन्य गैरसरकारी संघसंस्थाहरुलाई सहकार्य गर्न उत्प्रेरण्ँा गर्ने निश्चित छ । नेपाल उद्योेग वाण्ँिज्य महासंघको ‘एक गाउ” एक उत्पादन’ र ट्रेड स्कुल परियोजनामा एनआरएनले सहकार्य गर्ने सहमति यस अगाडि भइसकेको छ ।

बिदेशमा नेपाली बजारको बिस्तार

बाहिर बस्ने नेपालीहरु संख्यात्मक रुपमा बढ्दा नेपाली बजारको बिस्तार बिदेशमा पनि गर्न सकिने सम्भावना देखा परेका छन् । कान्तिपुर पब्लिकेसन जस्ता राष्ट्रियरुपमा स्थापित संस्थाले आङ्खनो व्यवसाय मध्यपर्ूव र उत्तर अमेरिकामा बिस्तार गर्न लागेको तथ्यलाई यसको उदाहरण्ँको रुपमा लिन सकिन्छ । कान्तिपुरको यस कदमले अन्य क्षेत्रका व्यवसायीहरुलाई पनि उत्प्रेरित गर्न सक्यो भने नेपाली व्यवसायीको उत्पादन नेपालीहरुले नै उपयोग गर्न पाउने र नेपालीको धन नेपालमा नै जाने संभावना रहने छ ।

लोकतन्त्रप्रतिको प्रतिबद्धता र राजनैतिक दलस‌गको सम्बन्ध

लोकतन्त्रको पक्षमा गैरआवसीय नेपाली संघले आवाज उठाउन हुन्छ वा हु”दैन भन्ने बिषयमा संघले विगतमा स्पष्ट धारण्ँा बनाउन सकेको थिएन । यस विषयलाई लिएर एनआरएनएको आलोचना गर्ने वा एनआरएन अभियानमा खुलेर लाग्न असहज मान्नेहरुलाई सम्मेलनले स्पष्ट सन्देश दिएको छ । काठमाडौ घोषण्ँापत्र २००७ मार्फ मुलुकको दर्ीघकालीन शान्ति, लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता, व्यक्तिगत सम्पत्ति लगायतका मौलिक अधिकारप्रति एनआरएनले प्रतिवद्धता जनाएको छ । एनआरएनले यस्तो खालको प्रतिवद्धता दस्ताबेजको रुपमा बाहिर ल्याएको यो पहिलो पटक हो । यो निर्ण्ँय एनआरएन र लोकतान्त्रिक सरकारबीच सुमधुर सम्बन्ध कायम राख्न महत्वपर्ुर्ण्ँ हुनेछ ।

राजनैतिक दलका विदेशमा कार्यरत भातृ संगठनहरु पनि गैरआवासीय नेपालीकै संस्था हुन् र नेपालका राजनैतिक दलहरुले त्यो बहुमूल्य श्रोतको सदुपयोग गर्नु पर्छ भन्ने एनआरएन अध्यक्षको उदघोषले एनआरएन र दलबीच उचित सम्बन्ध कायम राख्न सहयोग गर्नेछ । दुई पक्षबीच सम्बन्ध कायम राख्न पार्टर्ीी जनवर्गीय संगठनका सदस्यहरुले पुलको रुपमा काम गर्न सक्छन् भन्ने ज्वलन्त उदाहरण्ँ सम्मेलनमा देखियो । खासगरी पार्टर्ीी -नेपाली काँग्रेस, नेकपा एमाले, र नेकपा माओवादी) को तर्फाट सम्मेलनमा गैरआवासीय नेपालीहरुकालागि स्वागत र अन्तरकृया कार्यक्रम आयोजना गर्न एनआरएन अभियानमा लागेका दलका विदेशी भातृसंगठनका सदस्यहरुको सक्रिय भूमिका थियो ।

दोहोरो नागरिकता अथवा नेपाली नागरिकताको निरन्तरता

गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकता प्रदान गर्ने कुरा निकै पहिले देखि बहसमा आए पनि यसले ठोस रुप लिन कानूनी कठिनाइ रहेका छन् । तर्राई क्षेत्रमा भएको नागरिकता समस्याले पनि यस मुद्दालाई ओझेलमा पार्दै आएको छ । नेपाली नागरिकता त्यागेर बिदेशी नागरिक भइसकेका गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकता प्रदान गर्न संविधानमा नै व्यवस्था हुनु पर्ने भएकोले यो मुद्दा जटिल भएको गैरआवासीय नेपाली संघले पनि महसुस गरेको छ । तर, भविष्यमा बिदेशी नागरिकता लिन चाहने नेपालीहरुले हालको आङ्खनो नेपाली नागरिकतालाई कायम राख्न सक्ने व्यवस्था गर्न त्यति जटिल नभएको -संवैधानिक व्यवस्थामा परिवर्तन नगरिकन) अन्तरक्रियामा सहभागी महान्याअधिवक्ताले प्रष्ट पार्नु भएको छ । उहा”का अनुसार, नागरिकता ऐनमा भएको बिदेशी नागरिकता लिएपछि नेपाली नागरिकता स्वत रद्द हुने प्रावधान हटाउन सक्यो भने भविष्यमा बिदेशी नागरिकता लिनेहरुले अहिलेको नागरिकतालाई निरन्तरता दिन पाउनेछन् । यदि यो संभव छ भने एनआरएनले नेपाली नागरिकताको निरन्तरताको मुद्दालाई अगाडि बढाउनु उपयुक्त देखिन्छ । साथै पछिल्लो तीन पुस्ता भित्र नेपाली नागरिकता त्यागेका र नेपाल सरकारस”ग उनीहरुको अभिलेख भएकाहरुलाई नेपाली नागरिकता कायम राख्न दिने व्यवस्था गर्न सरकार पनि उदार हुन तयार हुनु पर्छ ।

एनआरएनको संस्थागत बिकास र एकताको सन्देश

तेश्रो गैरआवासीय नेपाली विश्व सम्मेलन मूलत : एनआरएन अभियानलाई संस्थाकोरुपमा बिकसित गर्न नै केन्द्रित रह्यो । सम्मेलनबाट पारित विधानले एनआरएनलाई सम्पर्ूर्ण्ँ प्रवासी नेपालीहरुको साझा संस्थाको रुपमा विकसित गर्ने आधारहरुको निर्माण्ँ प्रकृया शुरु गरेको छ । सम्मेलनमा गैरआवासीय नेपालीका संवन्धमा व्यवस्था गर्न बनेको विधेयकले दिएको एनआरएनको नया” परिभाषाले संस्थालाई निकै संकट पारेको देखिन्छ । अन्तराष्ट्रिय मान्यता अनुसार एनआरएनले स्थापित गरेको परिभाषा -१८२ दिन भन्दा बढी मुलुक बाहिर बसेको नेपाली नागरिक) को विपरित विधेयकले दर्ुइ बर्ष भन्दा बढी बिदेशमा बसेकाहरुलाई एनआरएनको परिभाषा दिएर अल्पकालीन रोजगारीमा जाने बहुसंख्यक नेपाली कामदारलाई र विद्यार्थीलाई एनआरएनबाट अलग राखेको छ । यस संकटको सर्न्दर्भमा सम्मेलनका अगाडि दर्ुइ वटा विकल्प थिए । पहिलो, एनआरएनको विधानमा विधेयकको परिभाषा अनुसरण्ँ गरेर विधेयकमा व्यवस्था भए अनुसार एनआरएनलाई कानुनी संस्थाको रुपमा नेपालमा दर्ता प्रकृयामा अगाडि बढाउने र प्रस्तावित नेपाल इन्भेष्टमेन्ट फण्ड लगायतका परियोजनालाई गति दिने । दोश्रो, संस्थाको दर्ता प्रकृया हाललाई था”ती राखेर १८२ दिनको परिभाषाको व्यवस्था गर्न सरकारलाई दवाव दिने । सम्मेलनले दोश्रो विकल्पलाई आत्मसात गरेर सम्पर्ूर्ण्ँ प्रवासी नेपालीहरुवीचको एकताको पक्षमा उभिएको छ । यसो त र्सवसम्मत रुपमा भावी नेतृत्व चयन गरेर सम्मेलनका सहभागीहरुले एकता पर््रदर्शन गरे । र्सवसम्मत निर्ण्ँयले संस्थाको आन्तरिक मामलामा हस्तक्षप गर्न खोज्ने बाहिरी तत्वहरुलाई पनि राम्रो पाठ पढाएको छ । साराशंमा, संघको नेतृत्वले विगतमा दिएको आश्वासन र पू”जीलगानीको क्षेत्रमा राष्ट्रले गरेको अपेक्षा अनुसारका उपलब्धि नभए पनि आङ्खनो आयु अनुसार अभियानले गर्नु पर्ने उपलब्धिहरु प्राप्त गर्न सम्मेलन धेरै हद सम्म सफल भएको छ । एनआरएन अभियान अहिले जागरण्ँको चरण्ँमा रहेकोले राष्ट्रका हरेक पक्षलाई त्यसको औचित्यबारे स्पष्ट पार्न सक्नु आफैमा उपलब्धिपर्ूर्ण्ँ भएको मान्नु पर्छ । तर, राष्ट्रको अपेक्षा अनुसारको नतिजा २००९ सालमा सम्पन्न हुने एनआरएनको चौथो विश्व सम्मेलनमा देखाउन सकेन भने मुलुकको एनआरएन प्रतिको भरोसा कम हुदै जाने छ ।

This entry was posted in Uncategorized. Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s