२०२१ अक्टोबरः
विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको थियो । हाम्रा अग्रजहरुको अथक प्रयास र समर्पणले गैरआवासीय नेपाली संघ देश विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्र बन्दै आएको छ ।
स्थापनाको १८ को अवधिमा ८५ देशमा औपचारिक सञ्जालको विस्तार गरेर बाहिर बस्ने नेपाली समुदायलाई एउटै मालामा जोड्न सफलता हासिल गरेको छ । करिब दुई दशकको अनुभवको आघारमा संघको पुर्नरसंरचनाको शुरुआत भएको पहिलो दुई वर्षमा महत्वपूर्ण उपलब्धिहरु भएका छन् । संघको ९ औ महाधिवेशनबाट कुमार पन्तको नेतृत्वको कार्यसमितिले मिति १७ अक्टोबर २०१९ देखि महत्वपूर्ण शुरुआत भएका छन् । नयाँ नेतृत्वले १० मुख्य मिशन एनआरएनए, सबल र बहुआयामिक एनआरएनए, परिणाममुखी एनआरएनए, दीगो एनआरएनए, सीप, ज्ञान र नवप्रवर्धनका लागि एनआरएन, उत्तरदायी र पारदर्शी एनआरएनए जस्ता अजेण्डालाई अघि कार्यान्वयन गरेको छ ।
चुनौतीका बाबजूद पनि यस कार्यसमितिले नेपाल सरकारसाग सहकार्यसहित महामारी लक्षित थुप्रै कामहरु सम्पन्न गरेको छ । यसैगरी, संघको पुर्नसंरचना, स्मार्ट एनआरएनए, सबैको एनआरएनए, सबल र बहुआयामिक एनआरएनए, परिणाममुखी एनआरएनए, दीगो एनआरएनए, सीप, ज्ञान र नवप्रवर्धनका लागि एनआरएन, उत्तरदायी र पारदर्शी एनआरएनए नेपालमा १० अर्बको लगानी, गैरआवासीय नेपाली नागरिकताको निरन्तरता, संघको आर्थिक स्थायित्व, र यसअघिको कार्यसमितिले सम्पन्न गर्न नसकेका एनआरएनए लारर्पाक बस्ती, एनआरएनए भवन, लगायतको काम सम्पन्न गर्ने प्रतिबद्धता सहित आएको वर्तमान कार्यसमितिले पूर्ण कार्यकालको सफलता प्राप्त गरेको छ ।
चुनौतीका बाबजूद पनि यस कार्यसमितिले नेपाल सरकारसाग सहकार्यसहित महामारी लक्षित थुप्रै कामहरु सम्पन्न गरेको छ । कार्यसमितिले नेतृत्व समालेको केही समय पश्चात नै विश्व कोभिड १९ ले आक्रान्त बन्यो र हामीसामु महामारीविरुद्ध लड्नुपर्ने ठूलो चुनौती थियो । विदेशमा रहेका लाखौ नेपालीको अवस्थादेखि, मध्यपूर्वमा श्रमिकका रुपमा रहेका नेपाली दाजूभाई दिदीबहिनीलाई आवश्यक सहयोग जुटाउनेदेखि रोजगारी गुमाएका, अलपत्र परेकाहरुलाई स्वदेश फिर्ता गर्नुपर्ने दायित्व हामीमाझ थियो र हालका दिनसम्म पनि सो दायित्व यथावत छ जसमा हामीले काम जारी नै राखेका छौ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका बीच संघले गर्नु पर्ने कुनै पनि दायित्वबाट हामी पछि हटेनौ । संघका नियमित बैठक, विशेष महाधिवेशन, एमआइएस प्रणाली अन्तर्रगत सदस्यता वितरण, स्मार्ट एनआरएनए, अनलाइन भोटिङ, प्रतिनिधि दर्ता नि:शुल्क संस्थागत पुर्नसंरचना संघभित्र आर्थिक अनुशासन, कोरोना महामारीमा उद्धार तथा राहत, दातृ निकायसँगको सहकार्य लगायतका क्षेत्रमा ऐतिहासिक महत्वका काम सम्पन्न भएका छन् । गत निर्वाचनमा प्रस्ताव गरिएको घोषणापत्रमा उल्लेख भएका अधिकांश विषयहरु लागू गरिएका छन भने यसअघि प्रतिबद्धता जनाएका, १० अर्ब परियोजना, लाप्राक नमुना बस्ती लगायतका पूर्व घोषित कार्यक्रमहरु निश्र्कषमा पुर्याएको छ ।
विश्वका विभिन्न ४९ देशका २९७ भन्दा बढी शहरहरुमा २५ सय भन्दा बढी स्वय: सेवक परिचालन गरेर कोरोना प्रभावित १ लाख ७० लाख गैरआवासीय नेपालीहरुलाई जनचेतनासहित राहत तथा उद्धारमा सहयोग गरिएको छ । सो क्रममा विश्वभरका २ सय गैरआवासीय नेपाली चिकित्सकबाट प्रत्यक्ष रुपमा स्वास्थ्य परामर्श प्रदान गरिएको छ । राहतको लागि राष्ट्रिय समन्वय परिषद ९एनसीसी० हरु, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) र दातृनिकायबाट ३२ करोड ४७ लाख ८६ हजार रुपैया परिचालन गरिएको छ।
कोरोना लक्षित राहत तथा उद्दारका कार्यक्रम अघि बढाउन संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) सँग अनुदान सम्झौता सम्पन्न भयो । सो क्रममा दुई चरणमा गरेर युएस डलर ८ लाख ६२ हजार ६ सय ७९ (झण्डै १० करोड) अनुदान स्वीकृत भएको छ । यस अन्तर्गत २०२१, अगष्ट महिनाको अन्त्यसम्ममा मलेसिया, कतार, साउदी, युएई, कुबेत, बहराईन, ओमान, कम्बोडिया लगायातका देशबाट २३ हजार १३ नेपाली श्रमिकहरुलाई सम्पर्क गरिएको मध्ये २२ हजार ४ सय १२ जनाले प्रत्यक्ष सेवा लिएका छन् ।
करीब ३ हजार ३ सय ३४ जनालाई खाना तथा सेल्टरको सहयोग, ६ सय ३८ जनालाई हवाई टिकटको व्यवस्था, ५ सय ७२ जनालाई पीसीआर सेवा, १ सय ४३ जनालाई सम्बन्धित देशका जरिवाना तिरिदिएर तथा हवाई टिकटको ब्यवस्था गरी उद्धार गरिएको छ । दुतावाससागको समन्वयमा सय जनाभन्दा बढी नेपाली श्रमिकहरुलाई हवाई टिकटको व्यवस्था गरी जेलबाट उद्धार गरिएको छ । ४ सय ८८ जनालाई कानुनी सेवा प्रदान गरिएको छ भने १ हजार २ सय १ जनालाई विभिन्न किसिमका परामर्श सेवा प्रदान गरिएको छ ।
कोरोनाको पहिलो लहर सुरु भए लगत्तै विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीको सहयोगमा पीपीई, मास्क, ग्लोब्स् लगायतका रु ४ करोड १६ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग स्वास्थ्य सामाग्री प्रदान गरियो । यस्तै, कोरोना महामारीको दोस्रो लहर व्यापक बन्दै गएपछि नेपालमा देखा परेको चरम अक्सिजन अभावलाई न्यूनिकरण गर्न विभिन्न देशबाट संघको पहलमा अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ । जस अन्तर्गत, विभिन्न एनसीसीको सहयोगमा १०११ अक्सिजन सिलिन्डर र ८५७ अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको छ ।
विश्वभर फैलिएका नेपालीले गर्ने परोपकारी कार्यलाई एकीकृत, अझ प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले पूर्व अध्यक्ष जीवा लामिछानेज्यूको अध्यक्षता छुट्टै एनआरएनए फाउन्डेशन निर्माण गरिएको छ । नेपालमा विकास आयोजना सञ्ंचालन गर्न १० अर्ब रु लगानी भित्र्याउने उद्देश्यका साथ ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’को स्थापना गरिएको छ । संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको अध्यक्षतामा स्थापित यस फण्डमार्फत नेपालको उद्यम, व्यवसाय, यातायात, पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायतका क्षेत्रमा लगानी गर्ने लक्ष्य राखिएको छ ।
विशेष महाधिवेशनद्वारा विधानको संशोधन गरिएको छ । जस अनुसार व्यवस्थित निर्वाचन, क्षेत्रीय समितिको संरचना, युवा, महिला तथा पेशगत गैरआवासीय नेपालीहरुको सहभागिता, अनलाइन मतदान लगायत थुप्रै संस्थागत सुधारको सुनिश्चितता गरिएको छ । संघको दुई वर्षे कार्ययोजना तथा रणनीति सार्वजनिक गरिएको छ । विभागीय संरचनाको सुरुवात भएको छ भने ८ विभाग अन्तर्गत विभिन्न ४० समितिको गठन भएको छ । आर्थिक, कर्मचारी, खरिद बिक्री लगायतका १ दर्जन भन्दा बढी नियमावली निर्माण गरिएको छ ।
उच्चतम प्रविधिको प्रयोग गरी संस्थागत रुपान्तर गर्न अगि सारिएको ‘स्मार्ट एनआरएनए अभियान’ शुरु गरिएको छ । यस अभियान अन्तर्गत एमआइएस प्रणालीबाट सदस्यता वितरणलाई अनिवार्य गरिएको छ । ‘हात–हातमा एनआरएनए’ अभियान अन्तर्गत स्मार्ट एनआरएनए एप्सको विकास गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स्को माध्यमबाट फेस भेरिकेसनमार्फत सदस्यता वितरण प्रणाली प्रारम्भ भएको छ । साथै, यस एप्सबाट फेस भेरिकेसनमार्फत अनलाईन भोटिङ प्रणालीको विकास गरिएको छ । गैरआवासीय नेपाली संघको नयाँ वेभसाईट सुरु भएको छ । अनलाइनमार्फत सहयोग संकलन तथा सम्पूर्ण पञ्जीकृत सदस्यहरुलाई डिजिटल परिचयपत्र वितरण गरिएको छ ।
तीन महिनामा आर्थिक विवरण सार्वजनिक गर्ने पद्धतिको सुरुवात यसै कार्यकालदेखि कार्यान्वयन ल्याइएको छ । संघका आर्थिक गतिविधीलाई पारदर्शी र व्यवस्थित बनाउन तथा आर्थिक सुशासन कायम गर्ने आर्थिक नियमावली निर्माण गरिएको छ । कर्मचारी, खरिद बिक्री लगायतका नियमावली समेत निर्माण गरिएका छन । नेपाल सरकारको सहकार्यमा दोस्रो विज्ञ सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा विभिन्न ३० देशका ५ सय भन्दा बढी विज्ञको सहभागितामा रहेको थियो । विभिन्न मुलुकमा क्षेत्रीय ज्ञान सम्मेलन सम्पन्न भएका छन् । एनआरएनए पेशागत तथा प्राज्ञिक इकाई गठन गरी संसार भरका पेशागत गैरआवासीय नेपालीहरु डाक्टर, नर्स, इन्जिनियर्स, वैज्ञानिक, प्राज्ञ, सोधकर्ता आदि एकबद्द गर्न विधानमा व्यवस्था गरिएको छ । स्वास्थ्य समितिको संयोजकत्वमा १५ देशका २०० विशेषज्ञहरुको सहभागितामा दोश्रो विश्व स्वास्थ्य सम्मेलन अमेरिकामा र ३० मुलुकका ३ सय भन्दा बढी चिकित्सकहरुको प्रत्यक्ष र भर्चुअल उपस्थितिमा तेस्रो विश्व स्वास्थ्य सम्मेलन लण्डनमा सम्पन्न भएको छ ।
यस अवधिमा भएका विभिन्न महत्वपूर्ण कार्यले संघ उत्साहित नै छ । यद्यपी गर्नुपर्ने धेरै कामहरु अझै पाइपलाइनमा रहेका छन् । अर्कोतर्फ नेतृत्व परिवर्तनको संघारमा रहेको संघको निर्वाचन र महाधिवेशन सम्पन्न गर्नुपर्ने चुनौती हामी माझ छ ।