नेपालमा ज्ञान, शिप र प्रविधी भित्राउन एनआरएनको भूमिका

Society of Nepalese Professionls in UK, 2018 April

नेपालको जनसँख्याको ठुलो हिस्सा देश बाहिर रहदै आएको छ। एकिन तथ्याङ्क नभए पनि ११० भन्दा बढी देशमा ४० लाख नेपालीहरु (भारत बाहेक) रहेको अनुमान गरिएको छ। यी मध्ये दुई तिहाई भन्दा बढी मध्यपूर्व, मलेसिया, कोरिया लगायतका देशमा वैदेशिक रोजगारमा रहेका छन भने अमेरिका, युरोप, जापान, अष्ट्रेलियामा बस्ने नेपालीको सँख्या पनि उल्लेखनीय छ।  अन्य दक्षिण एशियाली डायस्पोरा दाँजोमा नेपाली डायस्पोराको ईतिहास लामो छैन। सन १९९० मा पुनस्थापित प्रजातन्त्रपछि मात्र आमनेपालीलाई सुलभ किसिमले विदेशजाने बाटो खुलेको हो भने माओवादी जनयुद्दको अवधि (१९९६-२००६) मा वैदेशिक रोजगारमा जानेहरुको सँख्या ह्वातै बढ्यौ।

विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकजुट गर्दै उनीहरुलाई नेपालको आर्थीक र सामाजिक विकासमा सहभागी गराउने  अभियानका साथ गैरआवासीय नेपाली संघ (एनआरएन)ल विगत १५ वर्ष देखि कार्यरत छ। संघको उद्देश्य विदेशमा आर्जन गरेको ज्ञान, शिप, प्रविधी र पुंजीलाई नेपाल भित्राउने उद्देश्य राखे पनि व्यवहारमा भने एनआरएनलाई पुंजिसँग मात्र जोडेर हेर्ने गरिएको छ। नेपाल सरकारको अपेक्षा पनि  ज्ञान, शिप, प्रविधी भन्दा पुंजीमा नै बढि छ।  गैरआवासीय नेपाली संघमा बौद्दिक र प्राज्ञिक क्षेत्रका मानिसहरुको सहभागिता न्युन भएकोले ज्ञान, सिप र प्रविधीको बिषयले कम महत्व पाएको छ। पैसाले बौद्दिकता किन्न सकिन्छ भन्ने मानसिकता पनि यदाकदा देखिन्छ। संघको आन्तरिक निर्वाचनको अस्वच्छ वातावरणले पनि प्राज्ञिक क्षेत्रका मानिसहरु संघमा आवद्द हुन चाहादैनन्।

संघले ज्ञान, शिप, प्रविधी भित्राउन प्रयत्न नगरेको भने होईन। यो क्षेत्र हेर्न Skill, Knowledge and Innovation (SKI) नामक एक स्थाई समितिले काम गर्दै आएको छ। नेपालमा खुला विश्व विधालय स्थापनाको लागि संघले नेपाल सरकारसँग सन् २०१० देखि पहल गर्दै आएको थियो। यसको फलस्वरुप व्यवस्थापिका संसदले ‘नेपाल खुला विश्वविद्यालय विधेयक २०७२’ पारित गरी विश्वविधालय स्थापना हुने क्रममा छ। तर विश्व विधालय सञ्चालमा गैरआवासीय नेपालीहरुलाई प्रत्यक्ष सहभागिता नबाउने सरकारी निर्णयले भने डायस्पोरा नेपालीलाई खिन्न बनाएको छ।

संघको पहलमा Nepal Science Foundation समेत स्थापाना भएको छ, जसले नेपालको ग्रासरुट सम्म विज्ञान र प्रविधीलाई प्रवद्धन गर्न बिभिन्न कार्यकम सञ्चालन गर्ने उद्देश्य राखेको छ। नेपालको विज्ञान क्षेत्रको विकासको लागि नेपाल विज्ञान प्रविधि प्रज्ञाप्रतिष्ठान (NAST) सँग समझदारी भएको छ। खास गरी नेपालमा पाईने जटीबुटी, चीज प्रशोधन तथा वैकल्पिक उर्जा आदिको क्षेत्रमा खोज गर्न सहकार्य गर्ने समझदारी भएको छ। यसैगरी विभिन्न जिल्लामा ‌ई-पुस्तकालयको स्थापना गर्न क्यानाडा स्थिति Nepal Library Foundation सँग संघले सहकार्य गर्दै आएको छ। चितौन, काठमाडौ, पाल्पा, गुल्मी, स्याङ्जा, धनगडीमा, पर्वत लगायताका जिल्लामा ई-लाईब्रेरी स्थापना गर्न सहयोग प्राप्त भएको छ। संघ मार्फत विज्ञहरुले समय समयमा नेपाल सरकारलाई विभिन्न क्षेत्रमा सुझाव दिदै आएका छन। जस्तै नेपालको संविधान कस्तो बन्नु पर्छ (राष्ट्रिय समन्वय परिषदबाट प्राप्त सुझाव संकलन गरी नमूना संविधान तयार पेश गरेको), नेपालको समग्र विकाशको मोडल कस्तो हुने पर्छ, नेपालको आर्थिक कुतनितीलाई कसरी सफल पार्न सकिन्छ आदि विषयहरुमा विज्ञहरुको लिखित सुझाव नेपाल सरकारलाई पेश गरेको थियो। डायस्पोरा नेपालीहरुको तथ्याङ्क संकलन गर्न एक ‘स्किल डायरेक्ट्रि’ बनाउने सोच पहिले देखि भए पनि यो परियोजना भने अगाडि बढ्न सकेको छैन। 

Nepal library project, Nepal science foundation अलाबा Travel safety and road security, Blood transfusion system, Health and hygiene improvement  लगायत ज्ञान सिपको क्षेत्रमा अन्य समितिहरु पनि संघसँग आबद्द भएर काम गर्दैछन्।  संघको गत महाधिवेशमा भिजन-२०२० को अवधारणा अनुसार NRNA Policy Institute को स्थापन गर्ने निर्णय गरेको थियो ।  वर्तमान कार्य समितिले Policy Institute को दाहेरा बढाएर NRNA Academy बनाउने निर्णय गरेको छ। यसको लागि एक कार्यदलले काम गर्दैछ। Skill, Knowledge and Innovation का क्षेत्रमा हुने सबै गतिविधीलाई NRNA Academy को एउटै छाता भित्र ल्याउने उद्देश्य रहेकोछ।

संघको वर्तमान कार्यसमितिले ज्ञान, सिप र प्रविधीको लगानीलाई पनि पुंजी लगानी जस्तै महत्व दिनु पर्छ भन्ने सोच बनाएको देखिन्छ। संघले २०१८को अक्टोवरमा काठमाडौमा एक विज्ञ सम्मेलन गर्ने निर्णय गरेकोछ। यस सम्मेलनमा डायस्पोरा विज्ञहरु, नेपालका विज्ञहरुलाई, नेपाल तथा बाहिर कार्यरत बिभिन्न प्रफेसनल अर्गनाईजेसन, नेपालसँग संवन्धित विषयहरुमा अनुसन्धानकर्ता विदेशी सोधकर्तालाई निमन्त्रणा गरी ज्ञानको मन्थन गर्ने एउटा साझा स्थायी प्लाएट फर्मको रुपमा विकास गर्ने सोच बनाएको छ। प्रत्येक दुई वर्षमा यस्तो सम्मेलनको आयोजना गर्ने उद्देश्य रहेको छ। सम्मेलनमा देश निर्माणका लागि नितिगत योजना देखी सोधपत्रहरु प्रस्तुत गरिने छ। यस सम्मेलनका लागि नेपाल बाहिर कार्यरत, जस्तै बेलायतमा कार्यरत Society of Nepalese Highly Skilled Professionals, Britain Nepal Academy, Global Policy Forum Nepal जस्ता  प्रफेसनल अर्गनाईजेसनहरुसँग संघले सहकार्य गर्न चाहेको छ। वैदेशिक रोजगारको क्रममा सिकेको सिपबाट देशले कसरी फाईदा लिन सक्ने  भन्ने विषयहरु पनि छलफल हुनेछन। केही युवाहरु विदेशमा कृषी क्षेत्रमा सिकेको सिप स्वदेशमा लगानी गर्न थालेका छन। यस्ता सिपमुलक व्यवसाय सञ्चान गर्न सरकारीको तर्फबाट कस्ता निति तथा योजना आउनु पर्छ, यसमा डायस्पोरा नेपालीले कसरी सहयोग गर्न सक्छन आदि बिषयमा पनि सम्मेलनमा छलफल गरिनेछ।

अहिलेका गैरआवासीय नेपालीहरु पहिलो पुस्ताका भएकाले उनीहरु आफैं स्थापित हुने क्रममा छन। अत: राज्यले अपेक्षा गरेको परिमाणमा तत्कालै पुंजी भित्रिने संभावना  छैंन। तर यो छोटो अवधीमा डायस्पोराले गरेको प्रगती बढो उत्साहप्रद छ। यो पुस्ता ठुलो महत्वाकांक्षाका र सिपका साथ विदेशिएको पुस्ता पनि होईन। लमजुङमा खाली खुट्टामा पढ्दा शेष घले र जमुना घलेले अष्ट्रेलियाको १०० धनी व्यक्ती हुने महत्वकांक्षा त कुरा छाडौ संसारमा यस्ता खालका संभावना छन भन्ने कल्पना पनि गरेका थिएनन् होला। अमेरिकी फष्टलेडीको फ्यासन डिजाएनर अमृत गुरुङले पनि यो सपना देखेका थिएनन होला। बेलायतका परराष्ट्रमन्त्रीका सल्लाहकार बन्ने सपना प्रो सुर्य सुवेदीको थिएन होला। अक्सफोर्ड, हार्डवर्ड जस्ता विश्व विख्यात विश्व विधालय देखी नाशा सम्म सम्म नेपाली विज्ञ पुगेका छन। यस्ता सयौं उधाहरण हाम्रो सामुन्य छन्।  यिनीहरुको ज्ञान, सिप र अनुभव देशले सदुपयोग गर्नु पर्छ।

विदेशमा जन्मिएर विदेशको उत्कृष्ट वातावरणमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा हासिल गरेको दोश्रो पुस्ताको गैरआवासीय नेपालीहरुको संभावना त अझै कल्पना गर्न नसक्ने खालको छ। पहिलो पुस्ताका हामी गैरआवासीय नेपालीको शिक्षा स्वास्थ्य लगायतमा नेपाल राज्यको लगानी भए पनि दोश्रो पुस्ताका नेपालीहरुमा शुन्य लगानी हुन्छ। अफ्रिकी मुलुकका केन्याली बाबुका छोरा ओबामा अमेरिकाको राष्ट्रपती हुन सक्छन भने लगनसिल र मेहनती हाम्रा डायस्पोराबाट हामीले यस्तो अपेक्षा किन नगर्ने? दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुले गर्न सक्ने योगदानको महत्व बुझेर उनीहरुको नेपालसँगको सामिप्यता बढाउन गैरआवासीय नेपाली संघले बिभिन्न पहल गर्दै आएको छ।  युवाहरुहरु मुद्दा हेर्ने युवा विभाग छ जसलाई यूथ फोरम भनिन्छ। विश्वभरी छरिएर रहेका गैरआवासीय नेपाली युवाहरुलाई संयोजन गर्दै नेपालको हितमा सकृय भूमिका निर्वाह गर्ने उद्देश्य युवा फोरमको रहेको छ। दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई नेपाल र नेपाली प्रती सामिप्तया बढाउन बिभिन्न कार्यक्रम गर्दै आएको छ। जस्तै विश्व सम्मेलनमा नेपाल सम्वन्धी निवन्ध प्रतियोगिता, चित्रकारिता प्रतियोगिता गराएको थियो। युवा फोरम, नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनामा २०१६ अक्टोवरमा ‘प्रथम विश्व युवा सम्मेलन’ काठमाण्डौमा सम्पन्न भएको थियो । यस सम्मेलनमा देश बाहिरका युवाहरुको सहभागिता बढाउन सक्नु पर्छ। युवाहरुका साझा मुद्दाहरु, उनीहरुको प्रतिभा, उद्दमशिलता, संभावना, चुनौती, आदि विषयमा घनिभुत छलफल हुनु जरुरी छ।  यस्ता सम्मेलनको निरन्तरताको आवश्यकता छ।

गैरआवासीय नेपाली संघको अभियानले  बाहिर बस्ने नेपालीहरुलाई मातृभूमी प्रती केही गर्नु पर्छ भन्ने भावना जगाएको छ भने नेपाल सरकार र आवासीय नेपालीहरुले एनआरएन पनि देश विकाशको एक हिंस्सा बन्न सक्छन भन्ने महसुस गरेका छन। सन २००७ सालमा व्यवस्थापिका संसदले जारी गरेको गैरआवसीय नेपाली सम्वन्धी ऐनले पहिलो पटक बाहिर बस्ने नेपालीलाई कानूनी मान्यता दिएको थियो भने २००९ मा यसै ऐन अन्तर्गत बनेको गैरआवसीय नेपाली सम्वन्धी नियमावलीले लगानीको वातावरणलाई सहज बनाउनुका साथै गैरआवसीय नेपाली परिचयपत्रको व्यवस्थाबाट भिसा, सम्पत्ती राख्न पाउने सुविधाको शुरु गरेको थियो। २०१५ सेप्टेम्वरमा संविधनासभाबाट जारि गरिएको नेपालको संविधानमा सिमित अधिकार सहितको गैरआवसीय नेपाली नागरिकताको व्यवस्था गरेको छ।  राष्ट्रले प्रदान गरेका यस्ता अवसरले गैरआवासीय नेपाली, खास गरेर दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई भावानात्मकरुपमा नेपालसँग जोड्न सहयोग गरेको छ भने पहिलो पुस्ताका नेपालीलाई पनि राष्ट्रपप्रती केही गर्नु पर्छ भन्ने दायित्व थपेको छ।

राष्ट्रले मुलत गैरआवासीय नेपालीलाई पहिचान गरे पनि केही संकृणता भने सरकारका मन्त्रीहरुबाट पनि झल्लिन्छ। संविधानले दिएको व्यवस्थाका विपरित गैरआवासीय नेपालीलाई बेला बेलामा पुर्व नेपालीको संघ्या दिदा मन दुख्ने गरेको छ। हामीले संविधान मार्फत विश्वको उत्कृष्ट राजनैतिक, मानवअधिकार भएको देश कल्पना गरेका छौ, खुला अर्थतन्त्रलाई अगालेका छौ, विश्व व्यपार संगठनको सदस्य बनेका छौ। त्यसैले देशको आर्थीक विकास चाहिं भूगोल भित्र जगडिएको राष्ट्रबादले मात्र हुन सक्दैन। यस्तो संकृणतालाई राज्यले चिर्दै जानु पर्छ। विश्वव्यापीकरणको युगमा ब्रेन ड्रेनलाई रोक्न सकिने विषय होईन। यसको चपेटामा नेपाल जस्ता कम विकसित देशहरु मात्र परेका छैन । विकाशोन्मुख देशबाट पश्चिमा मुलुकु, पूर्वी यूरोपबाट पश्चिम यूरोप, पश्चिम यूरोपबाट अमेरिका ब्रेन ड्रेन हुने गरेको छ।  हामीले ब्रेन ड्रेनको चिन्ता गरेर बस्ने मात्र होईन ब्रेन गेनको वातावरण बनाउनु पर्छ। भारत, चाईना लगायतका देशहरुले जस्तै  डायस्पोराहरुबाट फाईदा लिन राष्ट्रले जान्नु पर्छ।  देशले राजनितिक स्थायित्व प्राप्त गरि आर्थिक विकासको चरणमा प्रवेश गरेको छ। यो ऐतिहासिक अवसरमा डायस्पोरा नेपालीलाई पनि सहभागी बनाउनु पर्छ। 

This entry was posted in Uncategorized. Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s