Author Archives: Hem Raj Sharma
एचए पढ्ने अवसर नपाएका हेमराज शर्माको बेलायतको लिभरपुल युनिभर्सिटीको यात्रा
बाग्लुङका एसएलसी टपरदेखि त्रिचन्द्रको आइएस्सी र बिएस्सी टपर र स्नातकोत्तरका गोल्ड मेडलिष्टसम्म अगष्ट २३ सेतोपाटीमा संजिव बगालेद्वारा प्रस्तुत बागलुङका हेमराज शर्मा बेलायतको युनिभर्सिटी अफ लिभरपुलमा सिनियर लेक्चरर छन्। सन् २००७ देखि बेलायत गएका शर्मा सुरूआतीदेखि नै सोही युनिभर्सिटीमा आबद्ध छन्। बेलायत … Continue reading
पेसी सरेको सर्यै, हामी हेरेको हेर्यै
२०२५ जुन २, अन्नपूर्ण पोष्ट सौभाग्यवश, जीवनमा कहिल्यै अदालत जानुपर्ने अवस्था आएन । नेपालमा स्नातकोत्तर सकेलगत्तै म बिदेसिएँ र विदेशमा बसेको २८ वर्ष अवधिमा अदालतको गेटसम्म पुग्नु परेन । केही हप्ताअघि नेपाल गएका बेला पहिलोपटक सर्वोच्च अदालत जाने अवसर मिल्यो । फिल्महरूमा देखिएको … Continue reading
नेपालको माटो सुँघेर मर्न कुरेकाहरू!
सेतोपाटी २४ मार्च २०२५ मार्च १५ तारिखको बिहान, थाइल्यान्डको राजधानी बैंककमा रहेको रेम्ब्रान्ट होटलको तेस्रो तलामा अवस्थित एक सभाहलमा दोस्रो गैरआवासीय नेपाली (एनआरएन) विश्व युवा सम्मेलनको उद्घाटन समारोह चलिरहेको थियो। मेरो छेउमा बसेका कुमार कार्कीले बरबर आँशु झारिरहेका थिए। उनीसँगै … Continue reading
एनआरएनएको सम्पत्ति जफत गर्ने कि एकताको वातावरण बनाउने ?
रातोपाटी ९ मार्च २०२५सन् २०१२ तिर संविधानसभाको पहिलो निर्वाचन भएर भएर पनि संविधान बन्न नसकेको अवस्था थियो। राजनीतिक दलहरू एकापसमा मिल्न सकेका थिएनन्। त्यतिबेला डा. उपेन्द्र महतो, जीवा लामिछाने, भीम उदास जस्ता गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापकहरू नेताहरूको घर-घर धाउँथे … Continue reading
के परराष्ट्र मन्त्री आरजु राणाले डायस्पोरा नेपालीहरूको एकता कायम गर्न सक्लिन्?
सेतोपाटी, ३ मार्च २०२४ गुटबन्दी र सत्ता स्वार्थका कारण नेपालमा राजनीतिक दलहरू विभाजित भएको त हामीले देख्दै आएका छौं। तर विदेशमा सिकेको ‘असल अभ्यास’ नेपालका नेताहरूलाई सिकाउने चेष्टा गर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वयं नेपालका दलहरूभन्दा झन् नाजुक अवस्थामा छ। … Continue reading
एनआरएनए : सच्चिने कि सक्किने ?
अन्नपूर्णपोष्ट, ११ फेब्रुअरी २०२५ विदेशमा आर्जन गरिएको पुँजी, ज्ञान, सीप र प्रविधिलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्यले सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) अहिले संकटमा छ। एनआरएनएमा स–साना विवाद पहिलेदेखि नै रहँदै आए पनि सन् … Continue reading
एनआरएनए विवादका मुख्य ३ कारण
सेतोपाटी, ६ जनवरी २०२५ एनआरएनए (गैरआवासीय नेपाली संघ) नेतृत्वका चर्को सन्दर्भमा विवाद छ। विवाद पटकपटक अदालत पुगेको छ। फैसला भएको छ, उच्चस्तरीय समिति बनेको छ तर समाधान भएको छैन। विवादको चुरो बुझ्न यसको पृष्ठभूमिमा जानु जरूरी हुन्छ। एनआरएनए स्थापना हुँदा … Continue reading
एनआरएनए संग्ल्याउने अवसर
अन्नपूर्णपोष्ट, १७ अक्टोबर २०२४ गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद मिलाउन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पूर्वअध्यक्षहरूसहितका केही व्यक्तिलाई मन्त्रालयमा बोलाएर गत हप्ता छलफल गरिन् । एनआरएनएका विवादका सम्बन्धमा सर्वोच्च अदालतले दुई छुट्टाछुट्टै फैसला गरेको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान … Continue reading
एनआरएनए एकताको अवसर
अन्नपूर्णपोष्ट, ०८ अगष्ट २०२४ गैरआवासीय नेपाली संघ (एनआरएनए) का विवादका सम्बन्धमा सर्वोच्च अदालतले दुई छुट्टाछुट्टै फैसला गरेको छ। न्यायाधीशद्वय सपना मल्ल प्रधान र डा. नहकुल सुवेदीको संयुक्त इजलासले २०२४ अप्रिल ३ तारिखमा गरेको एउटा फैसला र तिलकप्रसाद श्रेष्ठ र टेकप्रसाद … Continue reading
मृत्युको योजना
२७ अप्रिल २०२४, नेपालखबार बेलायतको राजधानी लन्डनबाट ३५० किलोमिटर उत्तरपश्चिममा लिभरपुल सिटीमा रहेको घरबाट मंगलबार अफिसको काम गर्दै थिएँ। दिन घमाइलो थियो। छिमेकी घरअगाडि रोकिएको पुलिसको गाडीमा आँखा पर्यो। पुलिसको गाडी पहिले यस टोलमा बिरलै देखिन्थ्यो। पर्दाबाट चिहाएर हेरेँ। सडक शान्त थियो। म आफ्नै काममा … Continue reading